चितवन, कार्तिक २१ । पूर्वपश्चिम राजमार्ग अन्तर्गत चितवनको रत्ननगरमा बसले मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ ।
खैरहनीबाट टाँडीतर्फ आइरहेको बसले रत्ननगर नगरपालिका–२ सब्जिमण्डीस्थित मोटरसाइकललाई ठक्कर दिँदा त्यसमा सवार रत्ननगर–१३ अमिलियाका २१ वर्षीय सुनिल पौडेलको मृत्यु भएको हो ।
दुर्घटनामा घाइते भएका उनको चितवन मेडिकल कलेजमा उपचारका क्रममा मृत्यु भएको हो ।
मोटरसाइकलमा सवार अन्य दुई जना घाइते भएका छन् ।
घाइते हुनेमा सोही ठाउँका २० वर्षीय साहिल परियार र २१ वर्षीय सञ्जय लामा छन् ।
उनीहरूको चितवन मेडिकल कलेजमा उपचार भइरहेको छ । बसचालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।










