बेलायतमा नयाँ कोइला खानी खोल्न प्रतिबन्ध लगाइँदै

एजेन्सी । बेलायतले नयाँ कोइला खानीहरूमा प्रतिबन्ध लगाउने कानून ल्याउने घोषणा गरेको छ ।

बेलायतलाई स्वच्छ ऊर्जाको अग्रणी बनाउने सरकारको योजनाअनुसार कोइला खानी प्रतिबन्ध लगाउने तयारी भएको हो ।

जलवायु परिवर्तनको सामना गर्न महत्त्वपूर्ण कदम भन्दै चाँडै नयाँ कोइला खानीहरूको भविष्यको इजाजतपत्र प्रतिबन्धित गर्न नयाँ कानून ल्याउने बेलायती सरकारले घोषणा गरेको बताइएको छ ।

यसअघि गएको अक्टोबरमा कोइलाबाट चल्ने पावर स्टेशन रेटक्लिफ–अन–सोअर बन्द भएको थियो ।