नौं किलोमा ट्रक दुर्घटना हुँदा दुई जनाको मृत्यु, दुई घाइते

चितवन । चितवनको नौं किलोमा ट्रक पल्टिदा दुई जनाको मृत्यु भएको छ भने दुई घाइते भएका छन् ।

नारायणघाटबाट काठमाडौं आउदै गरेको ट्रक चितवनको नौं किलोमा सडकमा पल्टिएको हो ।

बागमती प्रदेश ०३-००१ ख ३४९० नम्बरको ट्रक आइतबार बेलुका दुर्घटनामा परेको हो।

दुर्घटनामा मकवानपुरका ३८ वर्षीय श्याम बजगाई र सोही ठाउँका ३१ वर्षीय दीपक दाहालको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।

ट्रकमा च्यापिएको अवस्थामा उनीहरुलाई उद्दार गरी भरतपुर अस्पताल लगिएको थियो ।