दुर्गा प्रसाईंलाई थप ५ दिन हिरासतमा राख्न अनुमति

काठमाडौँ । मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई थप ५ दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको छ ।

काठमाडौँ जिल्ला अदालतले अनुसन्धानका लागि प्रहरीलाई थप समय दिएको हो ।

उनी ‘फेक डकुमेन्ट’ सार्वजनिक गरेको आरोपमा पक्राउ परेका हुन् । प्रसाईं मंसिर ४ गते भक्तपुरस्थित निवासबाटै पक्राउ परेका थिए ।