काठमाडौं । सहकारी संस्थाको बचत रकम अपचलनको मुद्दामा बयान लिनका निम्ति राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई चितवन लगिएको छ । उनलाई मंगलबार काठमाडौंबाट चितवन लगिएको हो ।
चितवन पुर्याइएलगत्तै बयानका निम्ति लामिछानेलाई जिल्ला सरकारी वकिल कार्यालयमा लगिएको छ । चितवनमा सहारा सहकारीको रकम अपचलन गरेको आरोपमा बयानका निम्ति लामिछानेलाई त्यहाँ लगिएको हो ।
उक्त सहकारीबाट ४२ करोड रुपैयाँ पाँच कम्पनीमा लगिएको प्रहरीले जनाएको छ ।
लामिछानेलाई चितवन पुर्याइदा सुरक्षाका निम्ति भरतपुर विमानस्थलमा ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको थियो ।


















