आज काठमाडौं आउँदै भुटानका राजा-रानी, सुरक्षा व्यवस्था कडा

काठमाडौं । भुटानका राजा जिग्मे वाङचुक आज बिहान काठमाडौं आइपुग्ने भएका छन् । ड्रुक एयरको उडान नम्बर केबी २०५ बाट उनी शुक्रबार बिहान काठमाडौं आउने भएका हुन् ।

भारत भ्रमणमा रहेका भुटानी राजा वाङचुक शुक्रबार दिल्लीबाट काठमाडौं आउने कार्यतालिका छ ।

काठमाडौं आएपछि उनी बौद्धनाथ र स्वयम्भूनाथको दर्शन गर्न जाने छन् । भुटानी राजा वाङचुक १९ सदस्यीय भ्रमण दलको नेतृत्व गर्दै काठमाडौं आउन लागेका हुन्।

भ्रमण दलमा राजासहित ऊर्जामन्त्री, विदेशसचिव, नेपालका लागि भुटानी राजदूत, सुरक्षा अधिकारी लगायत सदस्य रहेका छन् । भुटानका राजा नेपाल आउने भएसँगै गृह मन्त्रालयले उनका लागि उच्च सुरक्षा व्यवस्था कायम गरेको छ ।