काठमाडौँ । उनी हुन् रीता परियार । उमेरले ४० टेकेकी रीता सामाजिक अभियान्ताका रुपमा परिचित छिन् ।
गोरखा नगरपालिका शहीद लखन गाउँपालिका–२ मनकामनामा जन्मिएकी परियार दुख पाएकाहरुलाई विदेशमा बसेर सहयोग गर्दै आएकी छन् ।
कर्मभूमि विदेश बनाएकी रीताले स्वेदशमा दुख पाएकाहरुलाई सहयोग गर्दै आएकी छन् । अहिलेसम्म उनले २ सय ६० जनालाई प्रत्यक्ष रुपमा आर्थिक सहयोग गरिसककेकी छन् ।
उनले आफु जन्मिएको गाउँमा बिरामी पर्दा अस्पताल जानका लागि कसैलाई गाह्रो नहोस् भनेर एम्बुलेन्स खरीदमा सहयोग गर्नुदेखि बिहानबेलुकाको छाँक टार्न धौ धौ भएका, चुल्हो बाल्ने नसकेर भोकै रात कटाउन बाध्य परिवारलाई सहयोग गर्न सक्रिय छन् ।
नेपालमा हुदा देखि नै दुख पाएका अप्ठ्यारोमा परेकालाई सहयोग गर्दै आएकी रिताले विदेशमा गए पछि आफ्नो देश आफ्नो माटोमा आपद विपद् पर्दा आफू लगायत आफ्नो साथी भाईसँग मिलेर सहयोग गर्दै आएकी छन् ।
आफूले देखे सम्म र सुनेसम्मको लाई सहयोग गर्न पाए हुन्थ्यो भन्ने सोच राख्ने रिता यदि कसैले दुख पाए भन्दा आफूले सहयोग गर्न नसक्दा दुख लाग्ने बताउँछिन् ।
अहिले व्यक्तिगत रुपमा मात्रै सहयोग हात अघि बढाउँदै जिन्दगीका पाइला अघि बढाई रहेकी रिताले भविष्यमा संस्थानै स्थापना गरेर सहयोगको क्षेत्रलाई विस्तार गर्दै लैजाने सोच रहेको सुनाइन् ।
विशेष गरि बालबालिकाको क्षेत्रमा काम गर्दै आएकी रिताको उद्देश्य भविष्यामा अप्ठयारोमा परेका बालबालिका को भविष्य सुनिश्चित हुने गरी अघि बढ्ने रहेको छ । सोही अनुसार योजना बनाएर रीता अघि बढेकी छन् ।
रिता सन् २००८ देखि १२ सम्म युके, १२ देखि २१ सम्म अष्टे्रलिया र हाल दुई बर्ष यता नर्वेमा रहँदै आएकी छन् ।
विदेशमा रहेदेखि अहिलेसम्म ५० लाख भन्दा बढीको आर्थिक सहयोग गरेको उनले बताइन् ।
रीताले २०७२ सालको भुकम्पमा गोरखामा १३ लाख सहयोग गरेकी थिइन् ।
परियार सेवा समाज लगायतका विभिन्न संघसंस्थाबाट पुरस्कृत तथा सम्मान भएकी छन् ।
स्वदेशमा मात्रै हैन रिता विदेशमा पनि सामाजिक कार्यमा संलग्न छिन् ।










