काठमाडौँ । पन्चे बाजा, नेपाली धार्मिक एबम् साँस्कृतिक बाजाको रूपमा प्रयोग हुदै आएको मौलिक संस्कृतिको धरोहर हो । यो बाजा विभिन्न धार्मिक तथा सामाजिक उत्सवको बेलामा बजाउने गरिन्छ विवाह, व्रतवन्ध, चाडबाड, जात्रा, रोपाईं, पूजा आजा मा विशेष गरि लगनको महिना पञ्चेबाजाका धुनहरू सुनिने गर्छ ।
यसै क्रममा गुल्मिकी सुशिला गौतमले आफनै गृहजिल्लाको चन्द्रकोटलाई लक्षित गर्दे गुल्मीको चन्द्रकोट सेरोफेरोमा छायाङ्कन गरिएको गुल्मी चन्द्रकोट बोलको गीतको भिडियो सार्वजनिक गरेकि छिन । गुल्मीको चन्द्रकोट, शान्तिपुर, टिमुरे डाँडा, डिब्रुङ देवी मन्दिर लगायतका पर्यटकीय सम्भावना बोकेका ठाउँहरूलाई गीतको शब्दले उजागर गरेको छ ।
गायक रबिन लामिछाने को शब्द ईश्वर सिंहको संगितमा गायिका सुशीला गौतम र गायक रेशम निर्दोषको आवज रहेको छ भने
गीतको भिडियोमा विनोद भण्डारी र सञ्जना गुरुङको अभिनय देख्न सकिन्छ । भिडियोलाई भण्डारीले नै निर्देशन गरेका हुन् । दिनेश पराजुलीले छायाङ्कन गरेका छन भने मनोज कार्कीले सम्पादन गरेका छन ।
म्युजिक भिडियो सुशिला गौतम अफिसियल युटुब च्यानलबाट सार्वजानिक भएको छ।


















