पर्वतको कुश्मामा दोस्रो युवा पर्यटन तथा सडक महोत्सव हुँदै

केपि कुमार जलन । हाम्रो अभियान, लोक संस्कृतीको संरक्षण, स्रष्टाको सम्मान नव प्रतिभाको प्रोत्साहन भन्ने मुल नाराका साथ स्थापना भएको राष्ट्रिय लोक तथा दोहोरी गित प्रतिष्ठान नेपाल जिल्ला कार्य समिति पर्वतले अङ्ग्रेजी नयाँ बर्ष २०२५ को अवसर पारेर दोस्रो युवा पर्यटन तथा सडक महोत्सब २०८१ को आयोजना गरेको छ ।

पर्वत जिल्लाको सदरमुकाम कुश्मा बजार स्थित बञ्जि साईड रिसोर्टमा आउँदो पुष १५ गते देखि १७ गते सम्म संचालन हुने महोत्सवको गण्डकी प्रदेश सरकारका माननीय उधोग तथा पर्यटन मन्त्री मित्रलाल बस्यालले उद्वघाटन गर्ने कार्यक्रममा दर्जानौ कलाकारको सहभागिता रहने प्रतिष्ठानले जनाएको छ ।

कार्यक्रममा र्याली तथा झाकी प्रदर्शन, बिधालय स्तरीय नृत्य प्रतियोगिता, पर्वत जिल्लाका पर्यटकीय क्षेत्रहरूको फोटो भिडियो प्रदर्शन, विभिन्न रमाईलो खेल संगै खानाको परिकार संग रमाउदै साथमा चर्चित गायकहरू कुलेन्द्र बिश्वकर्मा, शिव हमाल, दिपक खडका, जीवन दाहाल, चोलेन्द्र पौडेल, घनश्याम रिजाल, कृष्ण अखेली, राजन कार्कि, रामजि पौडेल,कृष्ण सुवदी,आरसि पौडेल, गायिकाहरू रिता थापा मगर, माया गुरूङ, सरस्वती लामिछाने,मन्ज बिक, पुजा कार्कि, शोभा परियार लगायतका कलाकारको प्रस्तुति रहने जनाईएको छ ।