सुनको मूल्य तोलामा ४ सय घट्यो, कतिमा हुँदैछ किनबेच ?

काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य घटेको छ ।

आज सुन तोलमा ४ सय रुपैयाँले घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलाा १ लाख ५९ हजार ६ सय रुपैयाँमा किनबेच भैरहेको छ ।

हिजो बुधबार सुन १ लाख ६० लाख तोलामा कारोबार भएको थियो ।

आज चाँदीको मूल्य पनि घटेको छ । बिहीबार चाँदी १ हजार ८ सय ७५ रुपैयाँमा कारोबार भएको हो । हिजो प्रतितोला १ हजार ८ सय ९५ रुपैयाँमा कारोबार भएको थियो ।