सरकार–शिक्षक महासंघ वार्ता निष्कर्षविहीन, पुनः शुक्रबार वार्ता हुने

२८ चैत, काठमाडौं । सरकार र नेपाल शिक्षक महासंघबीचको वार्ता सकिएको छ ।

शिक्षा मन्त्रालयमा भएको वार्तामा के सहमति भयो भन्ने बारे शिक्षा मन्त्रालयले खुलाउन चाहेन ।

आजको वार्ता सकिएको छ । वार्तामा भएका कुराकानी आन्तरिक छलफल गरेर भोलि मात्रै सार्वजनिक गर्छौं,’ शिक्षामन्त्रालय सचिवालयका एक सदस्यले भने ।वार्तामा शिक्षक महासंघबाट सहअध्यक्ष नानुमाया पराजुली नेतृत्वको टोली सहभागी भएको थियो भने सरकारको तर्फबाट शिक्षामन्त्री विद्या भट्टराई सहितको टोली सहभागी भएका थियो ।

  1. शिक्षक महासंघले २० चैतदेखि काठमाडौं केन्द्रित आन्दोलन गर्दै आइरहेको छ ।