काठमाडौंको बालाजुस्थित औद्योगिक क्षेत्रमा भएको आगलागी नियन्त्रणमा

काठमाडौं । काठमाडौंको बालाजुस्थित औद्योगिक क्षेत्रमा शनिबार भएको आगलागी नियन्त्रणमा आएको छ ।

औद्योगिक क्षेत्रमा भएको आगलागी नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको टोली तथा दमकलको सहायतमा नियन्त्रणमा लिइएको प्रहरीले जनाएको हो ।

शनिबार साँझ श्याम श्रेष्ठको प्रस्सना प्लाष्टिक इन्डष्ट्रिजमा आगलागी भएको हो । त्यहाँ प्रिन्टिङ पेस समेत रहेको छ । आगलागी नियन्त्रणका लागि उपत्यकाभरिका दमकल घटनास्थलमा पुगेका थिए ।

आगलागीको कारण भने खुल्न सकेको छैन । आगलागीका कारण र क्षतिबारे थप अध्ययन भइरहेको प्रहरीले जनाएको छ ।