प्रसाईंको स्वास्थ्यमा अदालतको चासो

२१ वैशाख, काठमाडौं । जिल्ला प्रहरी परिसर काठमाडौंको हिरासतमा रहेका दुर्गा प्रसाईंलाई उपचारको प्रबन्ध गर्न अदालतले आदेश दिएको छ ।

जिल्ला अदालत काठमाडौंका न्यायाधीश महेन्द्रबहादुर कार्कीको इजलासले प्रसाईंले क्यान्सर रोगको उपचारका लागि तारेक वा हाजिर जमानीमा छाड्न भन्दै दिएको निवेदनको सन्दर्भमा उनको उपचार प्रबन्ध गर्न आदेश दिएको

यसअघि पनि अदालतले उपचारको व्यवस्था गर्न आदेश दिएको थियो । तर, उनी हिरासतमै थिए ।

अदालतले ज्यानसम्बन्धी कसुरमा बयान गर्न बाँकी रहेको भन्दै उनलाई तत्काल तारेक वा हाजिर जमानीमा छाड्न नमिल्ने पनि उल्लेख गरेको छ