बढ्यो गोलभेँडाको भाउ

कालीमाटी बजारमा बुधबार प्रतिकिलो ४६ रुपैयाँ थोक मूल्य रहेको लोकल गोलभेँडा आज प्रतिकिलो ५२ रुपैयाँमा किनबेच भइरहेको छ ।

२५ वैशाख, काठमाडौं । स्थानीय बजारमा गोलभेँडाको भाउ बढेको छ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिको तथ्यांकले बिहीबार गोलभेँडाको भाउ बढेको देखाएको हो ।

कालीमाटी बजारमा बुधबार प्रतिकिलो ४६ रुपैयाँ थोक मूल्य रहेको लोकल गोलभेँडा आज प्रतिकिलो ५२ रुपैयाँमा किनबेच भइरहेको छ ।

यस्तै तराई गोलभेँडा ९सानो० को भाउ पनि आज बढेको छ । आज तराई गोलभेँडा ९सानो० प्रतिकिलो थोक मूल्य ४२ रुपैयाँ कायम छ । हिजो भने उक्त गोलभेँडा प्रतिकिलो ३९ रुपैयाँमा किनबेच भएको थियो ।

भारतीय गोलभेँडाको मूल्य भने स्थिर छ । भारतीय गोलभेँडा आज प्रतिकिलो ६५ रुपैयाँमा किनबेच भइरहेको छ