नर्वेबाट समाजसेवी रिता परियारकाे पहलमा संकलित १ लाख रकम बिरामीलाई हस्तानतरण

नर्वेबाट समाजसेवी रिता परियारकाे पहलमा संकलित १ लाख रकम बिरामीलाई हस्तानतरण
केपि कुमार जलन

एनआरएनका सह कोषाध्यक्ष समाजसेवी व्यक्तित्व दिन दुखि काे साहरा रिता परियारकाे पहलमा नर्वेमा बस्नु हुने नेपालीहरूबाट संकलित रकम बिरामीलाई हस्तान्तर गरिएकाे छ ।
काठमाण्डाैकाे टिचिङ अस्पतालमा उपचार गराई रहेकी लमजुङ मध्यनेपाल नगरपालिका वडा नम्बर ४ निवासी वर्ष ११ की सुप्रिया परियारको दुवैवटा किड्नीमा समस्या भएपछि आर्थिक अभाव भएकाे थियाे।
सामान्य दलित परिवारमा जन्मिएकी परियारकाे घरकाे आर्थिक अवस्था निकै दयनिय भयपछि उपचारका लागि सहयाेगकाे याचना गरिएकाे थियाे।
पछिल्लाे समय दिन दुखि र गरिबीकाे दुखमा साथ दिदै आएकी समाजसेवी रिता परियारले नर्वेमा
रहेका नेपालीहरू संग संकलन गर्नु भएकाे थियाे ।


उक्त संकलित रकम १ लाख अस्पतालमा पुगेर जनपत्रकार संगठन नेपालको टिमले हस्तान्तरण गरेकाे छ ।


सुप्रियाको उपचारमा अझै ठूलो सहयोग आवश्यक रहेको जनाउँदै, देश–विदेशमा रहनु भएका सम्पूर्ण मनकारी व्यक्ति, संघ–संस्था तथा सहयोगी हातहरूलाई आ–आफ्नो तर्फबाट सक्दो सहयोग गरिदिन हार्दिक अपिल गरिएको छ।