दमौली: तिहारको अवसरमा देउसी भैलो खेलेर संकलित रकमबाट स्कुललाई न्यानो कपडा वितरण गरिएको छ। व्यास नगरपालिका वडा नं ३ मा रहेको शिव पाञ्चायन मा.वि.का विद्यार्थीहरुलाई नमस्ते देउराली युथ क्लवले न्यानो कपडा वितरण गरेको हो ।
आज स्कुलमा गई कक्षा नर्सरी देखि ९ कक्षा सम्मका विद्यार्थीहरूलाई स्विटर र टोपी वितरण गरिएको अशोक थापाले जानकारी दिए । उनका अनुसार मौसम प्रतिकुलताका कारण विद्यार्थीहरुलाई अध्ययनमा चिसोले कुनै असर नपरोस् भन्ने उद्देश्यले स्कुलमा गई न्यानो कपडा वितरण गरिएको बताए।
विद्यालयका प्रधानाध्यापक तोया गिरीले विद्यालय परिवार र अभिभावकको तर्फबाट सहयोग प्रति आभार व्यक्त गरेकाे बताए। त्यस्तै स-प्रधानाध्यापक हेमलाल घिमिरेले हरेक स्कुलका विद्यार्थीहरुलाई यो जाडोको मौसममा न्यानो कपडा को आवश्यकता पर्ने मर्म बुझी स्कुलमा आई न्यानो कपडा वितरण गरी सहयोग गरीएकोमा आभार व्यक्त गरे ।
नमस्ते देउराली युथ क्लवले धेरै अन्य सामाजिक क्षेत्रमा समेत सहयोग गर्दै आइरहेको छ ।


















