सिरहा —सिरहाको बरियारपट्टी गाउँपालिका–२ श्रीपुर गाउँ । यही गाउँको एउटा फुसको झुप्रोमा दलित समुदायका सत्यनारायण साफी
दलित समुदायका सत्यनारायणको परिवारसित सम्पत्तिका नाममा घर भएको साढे चार धुर घडेरी मात्र छ । उनका बुबा मधुरी साफी तीन वर्ष अघिसम्म वैदेशिक रोजगारीमा थिए । त्यसपछि घर फर्केर यतै मजदुरी गर्न थाले । मधुरीका श्रीमती, तीन छोरी र दुई छोरा छन् । जेठा छोरा सत्यनारायणले २०७७ मा गाउँकै जनता माध्यमिक (प्राविधिक) विद्यालय, बरियारपट्टीबाट एसईई गरेका थिए ।
एसईईमा राम्रो अंक आएपछि हौसिएका उनले २०७९ मा विराटनगरको अरनिको स्कुलबाट विज्ञान विषयमा १२ कक्षा उत्तीर्ण गरे । त्यसपछि उनको मनमा एमबीबीएस पढ्ने भोक जाग्यो । आर्थिक हैसियत त थिएन तर सत्यनारायणमा आत्मविश्वास थियो । उनी २०८० मा तयारीका लागि काठमाडौं गए । तर, आर्थिक समस्याले दुई महिनामै गाउँ फर्किनुपर्यो ।
त्यसपछि आमाबुबासँगै गाउँमै निर्माण क्षेत्रमा मजदुरी गर्न थाले । उनले २ वर्ष मजदुरी गर्दै आएका थिए । ‘बिहान ८ बजे काममा जान्थेँ, कहिले टिफिन लिएर जान्थेँ, कहिले घरमै आएर खान्थेँ । कामबाट ५ बजे फर्किन्थेँ । घरको काम सकेर साँझ ६ बजेदेखि राति १२–१ बजेसम्म ६–७ घन्टा पढ्थेँ,’ सत्यनारायणले भने, ‘काम गरे पनि खासमा पढाइ मेरो प्राथमिकतामा हुन्थ्यो, किनकि पढ्नैकै लागि काम गरिरहेको थिएँ ।
यसको कारण हो, अभाव, समस्या र गरिबीबीच पनि सत्यनारायणले पाएको सफलता । चिकित्सा शिक्षा आयोगले गत १५ कात्तिकमा लिएको एमबीबीएस प्रवेश परीक्षामा पूर्ण छात्रवृत्तिमा नाम निकालेका साफी निरन्तर मिहिनेत, संघर्ष र सफलताको उदाहरण बनेर उदाएका छन् ।


















