जातिय विभेद र सामाजिक आराेप भाेग्दै आएकी आशा कुमारी बि.क.जसले संघर्ष गर्न छाडिनन
लक्ष्मि सेञ्चुरी
नेपालको संविधानले सबै नागरिकलाई स्वतन्त्रता र समानताको हक सुनिश्चित गरी छुवाछुत तथा भेदभाव विरुद्धको हकलाई मौलिक हकको रूपमा प्रत्याभूती गरेपनि
विगत लामो समयदेखि हाम्रो समाजमा परम्परागत रूपमा चल्दै आइरहेको कुचलन मध्येको एक हो जातीयता।

दूरदराजमा बस्दै आइरहेका जातीय विभेद र दमन सहेर बसेका कथित तल्लो जातका आम मानिसहरू
अशिक्षा र गरिबीको भूमरीमा घुमिरहेको समुदाय जसको सिप र कलालाई रक्तापिपाशु शोषक र सामन्तले सहयोगको लोभ देखाएर पुस्तौंसम्म आर्थिक दलदलमा फसाएको जाति हो दलित।
दलित भएकै कारण समाजकाे अपहेलित चपेटाकाे शिकार वनेकी ने क पा एमालेकी केन्द्रीय सदस्य आसा विक जाे समाज रूपान्तरणका लागि निकै संघर्ष गरिन ।
सामाजिक आराेप विभेद भाेग्दै आएकी बि.क.लाई दलित भनेर हाेच्याउदाकाे अनुभवले राम्रै पाठ सिकायाे।
गाउँमा नपढेकाे दलित छाेईन्छ भन्ने कु संस्कारलाई चिर्दे बि.क. ले
अध्ययन संगै राजनितिलाई पनि निरन्तर दिना थालिन । बाबा ए बहादुर सुनार र आमा खरिमाया सुनारकाे काेखमा भारतकाे नागाल्याण्ड मा जन्मियकी आशा कुमारी बि.क.ले बाल्यकाल रुपन्देहीकाे कंचन गाउँपालिका ३ स्थित रुद्रपुरमा विताईन ।
उनले प्राथमिक शिक्षा श्री मलावर माई प्रथामिक विधालयबाट शुरू गरिन।
फाेहाेर लुगा लगाउने ले छाेएकाे खादैनन भनेपछि सधै सफा भएर स्कुल जाने बि.क.
बिधालयकाे हरेक अतिरिक्त शिक्षा मा सरसफाइ मा प्रथम भएर लुगा धुने सावुन पुरस्कार रानी सावुन ,हाजिरी जवाफ लगाएत खेलकुदमा पनि धेरै पुरस्कार प्राप्त गरेकि थिईन।
सामाजिक रुपमा दलित समुदाय मा विभाजन गरिनु र त्यही समुदाय मा छाेरी भएर जन्मनु संघषकाे अर्काे पाटाे थियाे आशा कुमारी बि. क. माथी स्कुल पढ्दा सरस्वती पुजामा प्रसाद खाने बेला छुट्टै राखिदा काे तिताे स्मरण सुनाउछिन बि.क.
गुल्मी जिल्ला जनकल्याण मा वि फाेक्सी बाट २०५७ सालमा एस एल सि उतिर्ण गरेकी बि.क.ले काठमाडौं तालिम केन्द्र काेटेश्वरमा ५९ सालदेखि अध्ययन गर्न शुरू गरेकी थिईन।
बि.क.ले सामुदायिक विकास कार्यकर्ता अन्तर्गत १५ महिने काेर्षकाे अध्ययन समेत गरेकी छिन ।
उनले त्यति बेला अनुशासन मा प्रथम भएर प्रमाण पत्र सहित पुरस्कार प्राप्त गरेकी थिईन।
सिटिभिटि अन्तर्गत सामुदायिक विकास कार्यकर्ता अन्तर्गत १५ महिने काेर्षकाे अध्ययन समेत गरेकी
उनी विवाह गरेर बझाङ गए पछि आई.ए पास संगै बझाङ जयपृथ्वी क्याम्प बाट वि एड समेत पास गरिन संगै सामाजिक संघ संस्थाका काम ,स्थानीय शान्ति समिति लगायत दलित महिला संघकाे नेतृत्व मा बसेर सामाजिक हक हित र अधिकारका बिषयमा काम गर्दे नेकपा एमाले बझाङकाे जिल्ला सदस्य भएर समेत काम गरिन।
२०७४ सालमा प्रतिनिधि सभा सदस्यकाे रूपमा पार्टिले जिम्मेवारी दिदै छाेटाे समय बन तथा वातावरण राज्य मन्त्री समेत बन्न पुगिन। बझाङबाट काठमाडौ आए पछि राजनीति शास्त्रमा एम ए पास गरेकी बि. क. ले सामाजिक ,राजनीति मुद्वालाई पहिलाे एजेण्डा बनायकी छिन उनी भन्छिन
जब सम्म दलित हरु आर्थिक रुपमा सम्पन्न हुदैन तब जम्म समाजमा जातीय विभेद रहन्छ शिक्षा र आर्थिक दलित समुदायको लागि विभेद अन्त्य गर्ने हतियार हाे।
उनी हाल नेकपा एमाले काे ११ ओै केन्द्रीय महाधिवेशन मार्फत दलित महिलातर्फ केन्द्रीय सदस्यमा निर्वाचित भएकी थिईन।


















