चितवन, २९ माघः स्थानीय गीतानगरमा आज बिहान भएको सडक दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने अन्य चार जना घाइते भएका छन् ।
जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक रवीन्द्र खनालका अनुसार अटोरिक्सामा सवार माडी नगरपालिका–७ का ४४ वर्षीय मीनबहादुर खत्रीको चितवन मेडिकल कलेजमा मृत्यु भएको हो ।
गीतानगरबाट भरतपुरतर्फ आइरहेको अटोरिक्सालाई स्कारपियोले ठक्कर दिएको हो । घाइते सबैको सोही मेडिकल कलेजमा उपचार भइरहेको छ । –––


















