केपि कुमार जलन / बागलुङ
बागलुङ जिल्लाको धार्मिक, सांस्कृतिक तथा ऐतिहासिक पहिचानलाई जापानमा प्रवर्द्धन गर्दै परदेशमा रहेका नेपाली समुदायलाई एकताबद्ध गर्ने तथा नयाँ पुस्तालाई नेपाली मौलिक संस्कृति परिचित गराउने उद्देश्यसहित सम्पन्न भईरहेकाे दोस्रो चैत्राष्टमी मेला (चैते दशैं)–२०२६, मार्च २१ र २२ तारिख टोकियोस्थित मिता लाइनको ओनारिमोन स्टेशन नजिकै रहेको शिबा पार्कमा भव्य रूपमा सम्पन्न भएकाे छ ।

साेही अवसरमा बाग्लुङको धम्जामा जन्म भई हाल जापन टोकियोलाई कर्मथलाे बनाउदै आउनु भएका लोकप्रिय कलाकार सूर्य खड्कालाई बाग्लुङ रत्न जस्तो गरिमामय पदवीबाट सम्मानित गरिएकाे छ ।
गायक खड्कालेआफ्नो कला गला र क्षमताले बाग्लुङको कला संस्कृति र समग्र बागलुङलाई अन्तर्राष्ट्रिय स्तरसम्म चिनाउनका निम्ति महत्वपूर्ण योगदान गरेकाे भन्दै यस वर्ष कला संस्कृतिको क्षेत्रबाट गायक सुर्य खड्कालाई विभूषित गरिएको थियो।
प्रदेशको भूमिमा यति ठूलो पदवीबाट सम्मानित हुन पाउँदा गौरवान्वित महसुस गरेको गायक खड्काले बताउनु भयाे।


















