लक्ष्मण सुनार निर्देशित फिल्म ‘परालको आगो’ ले घरेलु बक्स अफिस ३ करोड १२ लाख बढी व्यवसाय गर्न सफल भएको छ । चलचित्र विकास बोर्डले शनिबार रातिसम्मको सार्वजनिक गरेको बक्स अफिस रिपोर्टमा फिल्मको आम्दानी ३ करोड १२ लाख १७ हजार ९२ ग्रस कलेक्सन रहेको छ ।
यो अवधिमा फिल्मको टिकट १ लाख १० हजार ४४२ बिक्री भएको छ । प्रकाश सपुत, सुहाना थापा, सौगात मल्ल, सिर्जना अधिकारी अभिनीत फिल्म गुरुप्रसाद मैनालीको चर्चित सोही नामको कथामा आधारित छ । फिल्मको लगानी ३ करोड रुपैयाँ बताइएको छ । लगानी उठाउन फिल्मले ७ करोड हाराहारीमा कमाउनुपर्छ ।


















