रंगमन्च हुँदै राजनीतिमा प्रवेश गरेका तमिल अभिनेता थालापति विजय तमिलनाडुको मुख्यमन्त्री नियुक्त ,आज शपथ

तमिलनाडु । रंगमन्च हुँदै राजनीतिमा प्रवेश गरेका तमिल अभिनेता थालापति विजय तमिलनाडुको मुख्यमन्त्री नियुक्त भएका छन्। उनी नेतृत्वको तमिलगा वेत्री कजगमले बहुमत जुटाएपछि राज्यपाल राजेन्द्र अर्लेकरले विजयलाई मुख्यमन्त्री नियुक्त गरेका हुन्।

विजयको दुई वर्ष पुरानो पार्टीले आफ्नो पहिलो विधानसभा चुनावमै ऐतिहासिक सफलता हासिल गरेको थियो । कुल २३४ सिटमध्ये टिभिकेले एक्लै १०८ सिट जितेरको थियो । सहयोगी दलहरूको समर्थनपछि विजयसँग १२१ विधायकको साथ छ, जबकि बहुमतका लागि ११८ सिट आवश्यक पर्दछ।

उनको शपथ ग्रहण आज बिहान १० बजे चेन्नईस्थित नेहरु स्टेडियममा हुने तय भएको छ। उक्त शपथ ग्रहण समारोहमा भारतीय कांग्रेसका सांसद राहुल गान्धी पनि सहभागी हुने कार्यक्रम रहेको छ।