लालीबजार’को व्यापार साढे ३ करोड

कानुनी चुनौतीलाई पार गर्दै वैशाख २५ देखी प्रदर्शनमा आएको यम थापा निर्देशित चलचित्र ‘लालीबजार’ ले तीन करोड व्यापार पार गरेको छ। बोर्डको अनुसार लालीबजारले तीन करोड ४२ लाख ६१ हजारको व्यापार गरेको छ भने एक लाख १४ हजार चार सय ८६ वटा टिकेट संख्या बिक्री गरेको छ।

अर्कोतर्फ, रामकृष्ण ढकालको निर्माण रहेको चलचित्र ‘मालती मंगले’ले लालीबजार भन्दा निकै कम व्यपार गरेको छ। बक्स अफिस विवरण अनुसार चलचित्रले सोही अवधिमा ४४ लाख ७८ हजारको व्यापार गरेको छ भने १३ हजार आठ सय ९० वटा टिकेट बिक्री गरेको छ।

प्रेम सोनी सुनार निर्देशित चलचित्र ‘गुरुआमा’ ले सोही अवधिमा २८ लाख ४४ हजारको व्यापार गरेको छ भने आठ हजार नौ सय ७४ वटा टिकेट बिक्री गरेको छ।

बोर्डले सिनेमाघरमा प्रदर्शनरत चार चलचित्रको गत शनिबारसम्मको बक्स अफिस विवरण सार्वजनिक गरेको हो।