काभा महिला भलिबल च्याम्पियनसिपमा नेपालले पहिलो जित निकालेको छ ।
त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्ड हलमा शनिबार भएको खेलमा कीर्गिस्तानलाई ३–० को सोझो सेटमा पराजित गर्दै नेपालले पहिलो जित निकालेको हो ।
नेपालले पहिलो सेट २५–१८, दोस्रो सेटमा २५–२० र तेस्रो सेट २५–१३ ले जितेको थियो ।
जितसंगै समूह ए मा नेपाल ४ अंकसहित दोस्रो स्थानमा पुगेको छ भने ५ अंकसहित शीर्ष स्थानमा रहेको भारत सेमिफाइनल प्रवेश गरेको छ ।















