केपि कुुमार जलन/जेष्ठ ३१
नेपाली लोकदोहोरी संगीतप्रेमीहरूका लागि मिठो उपहारस्वरूप नयाँ गीत ‘झोर्ले हजुर’ सार्वजनिक भएको छ। चर्चित गायक बिष्णु माझी र बाबु कृष्ण परियारको सुमधुर स्वरमा सजिएको यस गीतले सार्वजनिक भएसँगै दर्शक–श्रोतामाझ राम्रो प्रतिक्रिया बटुल्न थालेको छ।
गीतमा प्रेम, आत्मीयता र नेपाली मौलिक संस्कृतिको सुन्दर प्रस्तुति रहेको छ। आकर्षक शब्द, मिठो लय तथा मनमोहक भिडियोका कारण गीतले छोटो समयमै सामाजिक सञ्जालमा चर्चा कमाइरहेको छ।
लोकगीतप्रेमीहरूले गीत हेरेर, सुनेर र आफ्ना प्रतिक्रिया दिएर कलाकारहरूको हौसला बढाइदिन आग्रह गरिएको छ। ‘झोर्ले हजुर’ नेपाली लोकसंगीत क्षेत्रमा अर्को उत्कृष्ट सिर्जनाका रूपमा स्थापित हुने विश्वास गरिएको छ।


















