केपि कुमार जलन
नेपाली लोक तथा दोहोरी संगीत क्षेत्रका चर्चित गायक, सर्जक तथा मोडेल नरेश खाती इन्द्रेणी श्रष्ट सम्मानबाट सम्मानित भएका छन्। लोकसंगीतको संरक्षण, प्रवर्द्धन तथा मौलिक सिर्जनामार्फत पुर्याएको उल्लेखनीय योगदानको कदर गर्दै उनलाई उक्त सम्मान प्रदान गरिएको हो।
विगत लामो समयदेखि गीत–संगीतको क्षेत्रमा सक्रिय नरेश खातीले आफ्ना सशक्त सिर्जना, मिठासपूर्ण प्रस्तुति र उत्कृष्ट अभिनयमार्फत दर्शक–श्रोताको मन जित्दै आएका छन्। उनको सम्मानले सम्पूर्ण लोकदोहोरी क्षेत्रलाई थप उत्साहित बनाएको छ।
यस विशेष उपलब्धिका लागि गायक, सर्जक तथा मोडेल नरेश खातीलाई हार्दिक बधाई तथा आगामी दिनमा अझ उच्च सफलता, प्रगति र सिर्जनात्मक यात्राका लागि शुभकामना व्यक्त गर्दछौं


















