सर्वोत्कृष्ट गायिकाको उपाधि जमुना विश्वकर्मालाई

केपि कुमार जलन

काठमाडौं । सांस्कृतिक संस्थान (राष्ट्रिय नाचघर) द्वारा आयोजित सांस्कृतिक संस्थान राष्ट्रिय दोहोरी गीत प्रतियोगिता–२०८३ मा प्रतिभाशाली गायिका जमुना विश्वकर्मा “सर्वोत्कृष्ट गायिका” को उपाधि हासिल गर्न सफल भएकी छन्।

लोकदोहोरी संगीतप्रतिको समर्पण, निरन्तर मेहनत र दर्शक–श्रोताको मायाले यो सफलता सम्भव भएको भन्दै उनले खुसी व्यक्त गरेकी छन्। प्रतियोगितामा सर्वोत्कृष्ट गायिकाको सम्मानसँगै नगद पुरस्कार, प्रमाणपत्र तथा ट्रफी प्राप्त गरेपछि उनको खुसी झन् दोब्बर भएको छ।

यस अवसरमा उनले प्रतियोगिताका विजेता सपना रोका र प्रीतम पोखरेल लाई हार्दिक बधाई ज्ञापन गर्दै उज्ज्वल सांगीतिक यात्राको शुभकामना व्यक्त गरेकी छन्। साथै उपविजेता भावना अर्याल र मानव रावत लाई समेत बधाई तथा सफलताको शुभकामना दिएकी छन्।

नेपाली लोकदोहोरी संगीतको संरक्षण, प्रवर्द्धन र नयाँ प्रतिभाको खोजी गर्ने उद्देश्यले आयोजित प्रतियोगिताले धेरै कलाकारलाई आफ्नो क्षमता प्रदर्शन गर्ने महत्वपूर्ण अवसर प्रदान गरेको छ। सर्वोत्कृष्ट गायिकाको उपाधि जित्न सफल कलाकारको यो उपलब्धिले आगामी दिनमा अझ उत्कृष्ट सिर्जना र सांगीतिक यात्राका लागि थप प्रेरणा मिल्ने विश्वास गरिएको छ।