केपि कुमार जलन
विश्व संगीत दिवसको अवसर पारेर राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान नेपाल, गण्डकी प्रदेश समितिले १५ औँ वृहत खुला रक्तदान तथा विविध सांस्कृतिक कार्यक्रम–२०८३ आयोजना गर्ने भएको छ।
प्रतिष्ठानद्वारा आयोजित उक्त कार्यक्रम असार ७ गते आइतबार बिहान ७:०० बजे पोखराको पृथ्वीचोक, पोखरा मल अगाडि सञ्चालन हुने आयोजकले जनाएको छ।
लोक तथा दोहोरी गीतमार्फत नेपाली कला, संस्कृति र संगीतको संरक्षण तथा प्रवर्द्धन गर्दै आएको प्रतिष्ठानले सामाजिक उत्तरदायित्वलाई समेत जोड दिँदै रक्तदान कार्यक्रम आयोजना गर्न लागेको हो। कार्यक्रममा रक्तदानका साथै विविध सांस्कृतिक प्रस्तुति, लोकदोहोरी गायन तथा कलाकारहरूको सहभागिता रहने बताइएको छ।
कार्यक्रममा कलाकार, सांस्कृतिककर्मी, समाजसेवी, रक्तदाता तथा सर्वसाधारणको उल्लेख्य सहभागिता रहने अपेक्षा गरिएको छ।
आयोजकले सम्पूर्ण संगीतप्रेमी, शुभेच्छुक तथा सर्वसाधारणलाई कार्यक्रममा उपस्थित भई रक्तदान तथा सांस्कृतिक कार्यक्रममा सहभागी हुन र कार्यक्रमको सफलताका लागि सबैको सहयोग र सहभागिताको अपेक्षा गरिएकाे छ


















