नेप्से परिसूचक सोमबार २.०१ अंकले घटेर बन्द

सेयर कारोबार मापक नेप्से परिसूचक सोमबार २.०१ अंकले घटेर बन्द भएको छ । गत शुक्रबार घटेको नेप्सेले सोमबार पनि सोही प्रवृति पछ्याएको हो । अघिल्लो कारोबार दिनको तुलनामा ०.०७ प्रतिशतले घटेर समग्र नेप्से २ हजार ६ सय ४१.८२ अंकमा ओर्लेर बन्द भएको छ ।

कारोबार रकम अघिल्लो दिनको तुलनामा बढेको हो । गत शुक्रबार सेयर बजारमा ४ अर्ब २७ करोड ५६ लाख रुपैयाँ बराबरको कारोबार भएको थियो ।

सोमबार कारोबारमा आएका १३ उपसमूहमध्ये जलविद्युत, उत्पादन तथा प्रशोधन, सामुहिक लगानी कोष, अन्य र व्यापारको परिसूचक सकारात्मक रहे । बाँकी कम्पनीको परिसूचक घटे ।

सर्वोत्तम पेन्टस् इन्डष्ट्रिजको सेयर मूल्य सबैभन्दा बढी १५ प्रतिशतले बढ्यो । यस्तै, माउन्ट एभरेष्ट पावरको सेयरमूल्य १४.९९, रिलायन्स स्पिनिङ मिल्सको ११.१७, सगरमाथा जलविद्युत्को ११.०६ र  लक्ष्मी उन्नति कोषको ८.१६ प्रतिशतले बढे ।

सोमबार कारोबारमा आएकामध्ये ७२ कम्पनीको सेयर मूल्य बढ्यो भने २०१ कम्पनीको घट्यो । ५ कम्पनीको मूल्य स्थिर रहेको छ । कुल ५६ हजार ८ सय १८ पटकको कारोबारमा १ करोड १९ लाख ३२ हजार ३५ कित्ता सेयर किनबेच भए । ती किनबेचमा ५ अर्ब ५२ करोड ५५ लाख रुपैयाँ बराबरको कारोबार भएको छ ।