सम्झना रनपाल र कोपिला न्यौपानेको ‘लाहुरे भिनाले’ सार्वजनिक

केपि कुमार जलन

लोकदोहोरी गायिका सम्झना रनपाल र कोपिला न्यौपानेको स्वरमा रहेको नयाँ लोकदोहोरी गीत ‘लाहुरे भिनाले’ सार्वजनिक भएको छ। गीत सार्वजनिक भएसँगै दर्शक तथा संगीतप्रेमीबाट

सकारात्मक प्रतिक्रिया आउन थालेको छ।
विष्णु सिङ्जालीको शब्द तथा संगीत रहेको गीतमा महेन्द्र भण्डारीको एरेन्ज र कुमार रानाको मिक्सिङ तथा मास्टरिङ रहेको छ। गीतलाई स्टुडियो मारुनी डिजिटलमार्फत प्रस्तुत गरिएको हो।
गीतको भिडियोमा अलिना रायमाझी, श्रेष्टी रनपाल, शंकर सुनार र गिरीराज पौडेललगायत कलाकारको आकर्षक अभिनय देख्न सकिन्छ। भिडियोको निर्देशन विशाल रायमाझीले गरेका छन् भने अर्जुन ठत्थालको कोरियोग्राफी रहेको छ।

त्यस्तै, भिडियोको क्यामेरा प्रकाश खड्का, एडिट/कलर/पोस्टर राजकुमार मगर तथा पोस्ट प्रोडक्सन राजकुमार फिल्म्सको रहेको छ।

मौलिक लोकलय, आकर्षक प्रस्तुति र रमाइलो कथावस्तुलाई समेटिएको **‘लाहुरे भिनाले’**ले दर्शकको मन जित्ने विश्वास निर्माण पक्षले लिएको छ। गीत अहिले दर्शक–श्रोतामाझ सार्वजनिक भइसकेको छ।