फागुन २५ः चन्द्रागिरि नगरपालिकाको दहचोकमा कुखुराको खोरमा थापेको पासोमा चितुवा परेको छ ।

१० घण्टासम्म पासोमा अल्झिएको चितुवाको बिहान वन कार्यालय र प्रहरीको टोलीले उद्धार गरेको छ । चितुवालाई उद्धार गरेर चिडियाखाना पठाइएको बलम्बु प्रहरीले जनाएको छ ।
खोरको बाहिरपट्टि प्वालमा थापेको पासोमा चितुवा परेको उहाँले गएराति १२ बजेतिर थाहा पाउनुभएको हो । त्यसपछि उहाँले प्रहरीलाई खबर गर्नुभयो । प्रहरी र वन कार्यालयको टोलीले आज बिहान ९ बजेतिर चितुवालाई लठ्याएर उद्धार गरेको हो ।
खोरबाहिर नै चितुवा पासोमा परेकाले कुखुरा भने खान नपाएको बलबहादुरले बताउनुभयो । पासोमा अल्झिएको चितुवाको खुट्टामा सामान्य चोट लागेको छ भने बाकी शरिर को कुनै भागमा घाउचोट नरहेको स्थाीयले जानकारि दिएका छन ।









