चैत्र २०ः पाकिस्तानमा प्रधानमन्त्री इमरान खानविरूद्ध दर्ता भएको अविश्वास प्रस्ताव संसदका उपसभामुखले खारेज गरिदिएका छन्।
आइतबार बसेको नेसनल एसेम्ब्लीको बैठकमा उपसभामुख कासिम खान सुरीले प्रधानमन्त्री खानविरूद्धको अविश्वास प्रस्ताव असंवैधानिक भन्दै खारेज गरिदिएको द डनले उल्लेख गरेको छ।
३४२ सदस्यीय संसदमा बहुमतका लागि १७२ सिट आवश्यक हुन्छ। सत्तारूढ गठबन्धनका केही दल र उनकै पार्टीका सांसदहरूले साथ नदिने भएपछि खान अल्पमतमा परेको बताइन्छ।
अप्रिल २५ सम्म नेसनल एसेम्ब्लीको बैठक स्थगित गरिएको छ। आजको बैठकमा प्रधानमन्त्री खान उपस्थित थिएनन्। यसैबीच प्रधानमन्त्री खानले संसद भंग गर्न राष्ट्रपतिसमक्ष सिफारिस गरेका छन्।
राष्ट्रका नाममा सम्बोधन गर्दै खानले अब प्रजातान्त्रिक तरिकाबाट चुनाव हुने बताएका छन्। उनले आफूविरूद्ध भइरहेका सबै षडयन्त्र आज असफल भएको दाबी गरेका छन्। एजेन्सीको सहयोगमा


















