आजको मौसम सफा रहने

चैत्र २८ : आजको मौसम सामान्यतया सफा रहने भएको छ । देशको पहाडी भूभागमा आंशिक बदली रहे पनि बाँकी भूभागमा मौसम सामान्यतया सफा रहने भएको हो ।

आज प्रदेश नं १, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही एक दुई स्थानमा क्षणिक वर्षाको सम्भावना रहेको छ भने बाँकी भेगको मौसम सामान्यतया सफा रहने छ।