बैशाख १० : भारतको उत्तर प्रदेशस्थित प्रयागराज जिल्लामा धारिलो हतियार प्रहार गरी एकै परिवारका पाँच जनाको विभत्स हत्या भएको छ । आज बिहान थारवाई थाना क्षेत्र अन्तर्गत खेवराजपुरमा अज्ञात समूहले धारिलो हतियार प्रहार गरी एकै परिवारका पाँच जनाको हत्या गरी घरमा आगजनी समेत गरेको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन् ।
घटनाको जानकारी पाएलगत्तै ठूलो संख्यामा प्रहरी टोली घटनास्थलमा पुगेको थियो । घटनाको अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ । घरका सबै सदस्य सुतिरहेको अवस्थामा घटना भएको स्थानीयवासीन्दालाई उदृत गर्दै इन्डिया डट कमले जनाएको छ ।
घरमा लागेको आगो दमकलको टोलीले निभाएको छ । घटनाको कारण भने प्रहरीले अझै पत्ता लगाउन सकेको छैन । गत साता पनि प्रयागराजको नवाबगञ्जको खगलपुर गाउँमा एकै परिवारका ४ जनाको घाँटी रेटेर हत्या भएको थियो । सो घटनाको अनुसन्धान पूरा हुन नपाउदैं अर्को घटना घटेको हो ।


















