जातीय छुवाछूत हटाउने दलित महिला उम्मेदवारहरुको प्रमुख एजेण्डा

वैशाख १७ : रूपन्देहीका १६ पालिकामध्ये दुईवटामा प्रमुख दलले दलित महिलालाई उपप्रमुखमा उम्मेदवार बनाएका छन् । लुम्बिनी सांस्कृतिक नगरपालिकामा एमालेकी कल्पना हरिजन र रोहिणी गाउँपालिकामा राप्रपाकी शिवकान्ती हरिजनले उम्मेदवारी दिएका हुन् ।
युवाहरूलाई स्वदेशमै रोजगारी सिर्जना गर्ने, बेरोजगारी हटाउन पहल गर्ने, कुलतबाट बचाउने र जातीय छुवाछूत हटाउने आफ्नो प्रमुख एजेन्डा भएको उनिहरुको भनाई छ ।

महिला सशक्तीकरण र रोजगारी सिर्जना मेरो अर्को प्रमुख एजेण्डा भएको उनिहरु बताउछन् । रोहिणीमा सुरु गरिएका कामलाई पूरा गर्न उपाध्यक्षमा पुनः उम्मेदवारी दिएको शिवकान्तीले बताइन् । यसअघि नयाँ अनुभव भएकाले चाहेजस्तो काम गर्न नसकेकाले पुनः उपाध्यक्षमा उठेको उनले बताइन् ।