यस्ता छन् काफल खानुका फाइदा (हेर्नुहोस्)

बैशाख २३: काफल खानुँको फाइदा धेरै छन् र केही फाइदा यस्ता छन् :

१. सिजनमा नियमित ५०–१०० ग्राम पाकेको काफल खानाले मुख तथा जिब्रोमा आउने घाउ खटिरा निको हुन्छ ।

. स्वर बसेको, दाँतको रोग, रक्त विकार, कब्जियत, पेटसम्बन्धी रोगहरूमा यसको प्रयोगले अत्यन्त लाभ मिल्दछ ।

३. चार–पाँच ग्राम काफलको बोक्राको धुलोमा एक–दुई चम्चा मह मिलाएर दिनको दुई पटक सेवन गर्नाले श्वासको दुर्गन्धलाई हटाउँछ ।

४. शरीर पोल्ने, झम्झमाउने, ज्वरो आउने, वात रोग, दाँत तथा पेटको अर्सा आदिलाई ठिक गर्छ । स्वर राम्ररी खुल्छ ।

५. एक चिम्टी काफलको बोक्राको धुलोलाई अस्ताउँदो र उदाउँदो सूर्यतिर फर्केर नस लिनाले पुरानो पिनास उत्रन्छ र टाउको दुखेको छ भने पनि ठिक गर्छ ।