केशव स्थापित र बालेन शाह जम्काभेट, एकअर्कालाई शुभकामना दिए

बैशाख २५ :काठमाडौं महानगरपालिकामा मेयर पदमा उम्मेदवारी दिएका नेकपा एमालेका उम्मेदवार केशव स्थापित र मेयरमा स्वतन्त्र रूपमा उम्मेदवारी दिएका बालेन शाह जम्काभेट हुँदा हार्दिकता देखाएका छन्।

चुनावी प्रचारप्रसार तथा घरदैलोका क्रममा आज बिहान काठमाडौंको शान्तिनगर क्षेत्रमा स्थापित र बालेनको समूह जम्काभेट भएको थियो।

स्थापित र बालेनले अंकमाल गर्दै एकअर्कालाई शुभकामना पनि दिएका थिए। बालेनको टिममा रहेका विवेक बास्तोलाका अनुसार स्थापित र बालेनबीच भेट हुँदा शुभकामना आदानप्रदान भएको थियो।