बैशाख २७ : हाल नेपालमा स्थानीय वायु र भारतको बिहार देखि पश्चिम बङ्गाल सम्म बनेको न्यून चापीय प्रणालीका साथै पश्चिमी वायुको संयुक्त प्रभाव रहेको छ। हाल सुदूरपश्चिम, कर्णाली प्रदेशका भू–भागमा आंशिक देखि सामान्य बदली रही बाकी भू–भागमा आंशिक बदली रहेको छ।
मंगलबार देशभर आंशिक देखि सामान्य बदली रहनेछ। सुदूर पश्चिम, कर्णाली र गण्डकी प्रदेशको केहि स्थानहरूमा र बाँकी भू–भागका थोरै स्थानहरूमा मेघ गर्जन÷चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। त्यस्तै बुधबार देशभर आंशिक देखि सामान्य बदली रहनेछ।
प्रदेश १, बागमती प्रदेश र लुम्बिनी प्रदेश प्रदेशको केही स्थानहरूमा र बाँकी प्रदेशका थोरै स्थानहरूमा मेघ गर्जन÷चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।
















