मौसम पूर्वानुमान : देशका पहाडी भूभागमा आंशिक देखि सामान्य बदली

बैशाख २८ : हाल नेपालमा स्थानीय वायु र पश्चिमी वायुको प्रभाव रहेको छ। चक्रवात “असानी“ हाल पश्चिम–मध्य बंगालको खाडीमा रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार देशका पहाडी भूभागमा आंशिक देखि सामान्य बदली रहेको छ। प्रदेश १का एक–दुई स्थानहरूमा मेघ÷गर्जन सहित वर्षा भइरहेको छ ।

बुधवार प्रदेश १ र अन्य प्रदेशका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भूभागमा आंशिक बदली रहनेछ।प्रदेश १, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका केही स्थानहरूमा र बाँकी प्रदेशका थोरै स्थानहरूमा मेघ गर्जन÷चट्याङ सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।

त्यस्तै बिहीबार पनि प्रदेश १ र मधेस प्रदेशमा सामान्य बदली र देशका अन्य प्रदेशमा आंशिकदेखि सामान्य बदली रहनेछ । प्रदेश १, मधेस प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश तथा लुम्बिनी प्रदेशका केही स्थानहरूमा मेघ गर्जन ÷ चट्याङसहित हल्का देखि मध्यम वर्षाको संभावना रहेको छ। साथै कर्णाली र सुदूरपश्चिम प्रदेशहरूका थोरै स्थानहरूमा मेघ गर्जन ÷ चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ ।