धनगढी उडेको श्री एअरलाइन्सको इन्जिनमा समस्या देखिएपछि काठमाण्डौ फर्कियो

बैशाख २८ : काठमाण्डौबाट धनगढीका लागि उडेको श्री एअरलाइन्सको जहाजको इन्जिनमा समस्या देखिएपछि काठमाण्डौ फर्काएर सुरक्षित अवतरण गराइएको छ ।

काठमाण्डौबाट २५ नटिकल माइल अर्थात् झन्डै ४७ किलोमिटरको दुरीमा पुगेपछि जहाजको बायाँ इन्जिनले काम गर्न छाडेको सङ्केत दिएको थियो । त्यसपछि पाइलटले जहाजलाई काठमाण्डौ फर्काएर सुरक्षित अवतरण गराएका हुन् । जहाजमा यात्रु र चालक दलका सदस्य गरी ८७ जना व्यक्ति सवार थिए ।

एउटा इन्जिनले काम नगर्दा पनि अर्को इन्जिनले पूर्ण क्षमतामा काम गर्ने भएकाले आत्तिनुपर्ने अवस्था नरहेको र सुरक्षित अवतरण गराइएको बताईएको छ ।