आज कस्तो रहेको छ मौसम ?

जेठ १ : हाल नेपालमा स्थानीय वायु र भारतको विहार, पश्चिम बङ्गाल आसपास रहेको न्यून चापीय रेखाको सामान्य प्रभाव रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार प्रदेश नं १, मधेस प्रदेश लगायत अन्य प्रदेशका पहाडी भूभागमा आंशिक देखि सामान्य बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहेको छ । प्रदेश नं १ र मधेस प्रदेशका एकदुई स्थानमा हल्का वर्षाको भइरहेको छ।

प्रदेश नं १, बागमती प्रदेशमा , गण्डकी प्रदेश र अन्य प्रदेशका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही अन्य भूभागमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहनेछ। प्रदेश नं १, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका केही स्थानहरूका साथै कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागका एकदुई स्थानहरूमा मेघ गर्जनरचट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।

यस्तै सोमवार प्रदेश नं १, मधेस प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र अन्य प्रदेशका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनेछ। प्रदेश नं १, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका थोरै स्थानहरूमा साथै कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागका एक(दुई स्थानहरूमा मेघ गर्जनरचट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ। मंगलवार पनि देशभर आंशिकदेखि सामान्य बदली रहनेछ। देशका केही स्थानहरूमा मेघ गर्जन र चट्याङ्ग हावाहुरीसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।