एमालेले संसद्को अवरोध हटायो

जेठ ३ :प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) ले संसद्को अवरोध हटाएको छ। यसअघि पटक–पटक संसद् अवरोध गर्दै आएको एमालेले मङ्गलबारको प्रतिनिधिसभाको बजेट अविधेशनबाट अवरोध हटाएको हो । एमालेका उपमहासचिव प्रदिप ज्ञवालीले संसदमा बोल्दै अबदेखि सदन अवरोध नगर्ने बताए । यसअघि एमालेले कारबाही गरेका १४ सांसद्‍माथि कारबाहीको सूचना सभामुखले टाँस नगरेको भन्दै संसद् अवरोध गर्दै आएको थियो।