दक्षिण कोरियामा हान डक सु नयाँ प्रधानमन्त्रीमा नियुक्त

जेठ ७ :दक्षिण कोरियाका नवनिर्वाचित राष्ट्रपति युन सुक योलले शनिबार नयाँ प्रधानमन्त्री नियुक्त गरेका छन् ।उनले पूर्व प्रधानमन्त्री समेत रहेका हान डक सुलाई नयाँ प्रधानमन्त्रीमा नियुक्त गरेको अधिकारीहरूले जानकारी दिएका छन् ।

उनी आफूले भने यही मे १० मा सपथ ग्रहण गरेका थियो । नवनियुक्त प्रधानमन्त्री सुले यसअघि सन् २००७ देखि २००८ सम्म पनि प्रधानमन्त्रीको जिम्मेवारी सम्हालेका थिए । उनले सन् २००९ देखि २०१३ सम्म अमेरिकाका लागि दक्षिण कोरियाको राजदूत भएर काम गरेका थिए ।

त्यसैगरी सन् २०१२ देखि २०१५ सम्म उनले कोरिया अन्तर्राष्ट्रिय व्यापार संघका अध्यक्षको पनि जिम्मेवारी पाएका थिए ।प्रधानमन्त्री सुको जन्म ७२ वर्ष अगाडि दक्षिण कोरियाकै जेओन्जु सीमा भएको थियो ।