ललितपुर महानगरपालिकामा सुर्तीजन्य पदार्थरहित बनाउने अभियान भोलिदेखि सुरु हुने

जेठ १६: ललितपुर महानगरपालिकाका नगर प्रहरी प्रमुख सीताराम हाछेथुले घर–घरमा पुगेर सुर्तीजन्य पदार्थरहित बनाउने अभियान भोलिदेखि नै सुरु गर्ने प्रतिवद्धता जनाएका छन् । विश्व सुर्तिजन्य पदार्थरहित दिवसको अवसरमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, ललितपुर महानगरपालिको, द युनियन, स्वास्थ्य पत्रकार मञ्च र एक्सन नेपालले आयोजना गरेको कार्यक्रममा हाछेथुले यस्तो बताएका हुन् ।

यसका लागि पाँच जना नगर प्रहरी खटाइनेछ । ललितपुर महानगरपालिकालाई धूम्रपान रहित क्षेत्र बनाउन आफू लागिपर्ने उनले बताए। , ललितपुर महानगरपालिकाका प्रमुख (मेयर)चिरीबाबु महर्जनले सूर्तिजन्य पदार्थको नियन्त्रणका लागि बजेट छुट्याइने प्रतिवद्धता व्यक्त गरेका छन्।

पाटन दरबार स्क्वायर, जावलाखेलको पार्क, लगनखेल र महानगरको क्षेत्र पुल्चोकलाई धूम्रपान निषेधित क्षेत्र घोषणा गरिएको छ। यो सँगै ललितपुर महानगरपालिका पुरैलाई धूम्रपान निषेधित क्षेत्र घोषणा गर्दै जाने प्रमुख महर्जनले प्रतिवद्धता व्यक्त गरेका छन् ।