कार्यपालिका र जिल्ला समन्वय समितिको निर्वाचनमा पनि सहकार्य गर्ने सत्ता गठबन्धनको निर्णय

जेठ १६ : सत्तारुढ पाँच दलीय गठबन्धनले स्थानीय कार्यपालिका र जिल्ला समन्वय समितिको निर्वाचनमा पनि तालमेल गरेर अघि बढ्ने निर्णय गरेको छ । स्थानीय तह निर्वाचनको समीक्षा गर्न प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको गठबन्धनका शीर्ष नेताहरुको बैठकले गठबन्धनबीच सहकार्य जारी राख्दै कार्यपालिका र जिल्ला समन्वय समितिको निर्वाचनमा पनि तालमेल गरेर जाने निर्णय गरेको हो ।

बैठकले स्थानीय तह निर्वाचन जस्तै स्थानीय कार्यपालिका तथा जिल्ला समन्वय समितिको निर्वाचनमा पनि तालमेल सार्थक बनाउन मातहतका प्रदेश र जिल्ला स्तरीय समितिहरुलाई निर्देशन समेत दिएको छ ।

बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, जनता समाजवादीका अध्यक्ष उपेन्द्र यादव र जनमोर्चाकी उपाध्यक्ष दुर्गा पौडेल सहभागि थिए ।

यस्तै, बैठकमा गठबन्धनले बनाएको चुनावी तयारी तथा अनुगमन समिति संयोजक कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल, उपसभापति पूर्णबहादुर खड्का, कांग्रेसका पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला, नेकपा एकीकृत समाजवादीका नेता झलनाथ खनाल र माओवादी नेता नारायणकाजी श्रेष्ठ पनि सहभागि थिए ।

May be an image of text that says 'विज्ञप्ति आज मिति २०७९/०२/१६ गते पाँच दलीय गठबन्धनको बैठक प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति श्री शेरबहादुर देउवाज्यूको अध्यक्षतामा बस्यो बैठकले अब सम्पन्न हुन गइरहेको ७७ वटा जिल्ला समन्वय समिति बाकी रहेका पालीकाहरुको कार्यपालीका सदस्य को निर्वाचनमा दलीय गठबन्धनको बिचमा सहमति गरी अगाडि बढून आ-आप्ना दलका प्रदेश जिल्ला समितिहरुलाई निर्देशन गर्ने निर्णय गरिएको ਜRফয়v Yaus शेरवहादुर देउवा पुष्पकर्मल दाहाल प्रचण्ड' प्रधानमन्त्री तथा अध्यक्ष ದยร इपਤ उपेन्द्र यादव माघव कुमार नेपाल सभापति नेपाली काँग्रेस नेकपा (माओवादी केन्द्र) अध्यक्ष 내는 दुर्गा पौडेल अध्यक्ष नेकपा(एकीकृत समाजवादी) उपाध्यक्ष जनता समाजवादी पार्टी राष्ट्रिय जनमोर्चा'