तारा एयरको विमान दुर्घटनामा निधन भएकाहरुको थप शव आज काठमाडौं ल्याउने तयारी

जेठ १७ : आइतबार मुस्ताङमा दुर्घटना भएको तारा एयरको विमानमा परेर निधन भएकाहरूको थप शव आज मंगलबार काठमाडौं ल्याइने भएको छ । नेपाली सेनाले सोमबार १० वटा शव काठमाडौं ल्याएकोमा मंगलबार थप १० वटा शव ल्याउन लागेको हो ।

दुर्घटनास्थलबाट चार शव आज बिहानै मुस्ताङकै कोवाङमा झारिएको छ र ती शव सेनाले हेलिकप्टरबाट काठमाडौं ल्याउने तयारी छ । सोमबार काठमाडौं ल्याइएका शव पोस्टमार्टमका लागि त्रिवि शिक्षण अस्पतालमा राखिएको छ । बाँकी शवहरु पनि ल्याएर पोस्टमार्टम गरी परिवारजनलाई बुझाइने छ ।