जेठ १७ : प्रतिनिधिसभाको अर्को बैठक बुधबार बिहान ११ बजे बस्ने भएको छ। मंगलबारको बैठकमा अर्थमन्त्री जनार्दन शर्माले ‘आर्थिक वर्ष २०७९/८० को राजस्व र व्ययको वार्षिक अनुमानमाथि सामान्य छलफल प्रारम्भ गरियोस्’’ भनी प्रस्ताव प्रस्तुत गरेका थिए ।
दिउँसो ११ बजे सुरु भएको बैठक साँझ साढे पाँच बजेसम्म चलेको थियो। बैठकमा राजस्व र व्ययको वार्षिक अनुमानमाथि छलफल भएको हो।
सभामुख अग्निप्रसाद सापकोटाले राजश्व र व्ययको वार्षिक अनुमानमाथि अर्को बैठकमा थप छलफल हुने जानकारी गराएका थिए ।











