पार्टी अध्यक्ष कमल थापा लेख्छन् शालिक राखेर राजा फर्कंदैनन्

जेष्ठ १८ः राप्रपा नेपालका अध्यक्ष कमल थापाले शालिक राखेर मात्रै राजा नफर्कने जिकिर गरेका छन्।

बाँकेको नेपालगन्ज धम्बोजी चोकमा पूर्वराजा वीरेन्द्र शाहको शालिक राख्ने क्रममा तनाव उत्पन्न भएपछि राजा इतिहासको सम्झना मात्रै भएको बताएका हुन्।

अध्यक्ष थापाले आफ्नो फेसबुकमा लेखेका छन्, ‘शालिक राखेर राजा फर्कने होइन। इतिहासको सम्झना हो। लोकतन्त्र यति असहिष्णु हुनुहुन्न।’

आन्दोलनको रापतापमा राजा लगायत बिपी, भानुभक्त समेतको शालिक तोडफोड गर्नु चाहिँ गलत भएको उनको भनाइ छ। उनले लेखेका छनकी

आन्दोलनको रापतापमा राजा लगायत बिपी, भानुभक्त समेतको शालिक तोडफोड गरियो। त्यो गलत थियो। नेपालगञ्जमा जहाँ पहिले राजा वीरेन्द्रको शालिक थियो त्यहाँ अहिले शालिक राख्न खोज्दा सरकारले अवरोध गर्नु ठिक भएन।’

राजतन्त्रको वकालत गर्दै हिँड्ने कमल थापा राप्रपाको अध्यक्षका राजेन्द्र लिङ्देलसँग पराजित भएपछि राप्रपा नेपाल ब्युँताएर राजाको विरोध गर्दै आइरहेका छन्।