जेठ २१ : ललितपुरको लगनखेल, जावलाखेल, पुल्चोक लगायत क्षेत्रको ट्राफिक व्यवस्थापन अस्तव्यस्त भएको छ । रातो मच्छिन्द्रनाथको भोटो देखाउने जात्राका कारण सो क्षेत्र अस्तव्यस्त बनेको हो ।
जावलाखेल हुँदै आउजाउ गर्ने गाडीलाई पुल्चोक, एकान्तकुनाको खरिबोट, र कुमारीपाटीबाट डाइभर्सन गरिएको ट्राफिक प्रहरीले जनाएको छ ।
जावलाखेल वरपरका सडकमा पार्किङ भएका कारण डाइभर्सन गरिएका सडकमा पनि जाम छ । रथको दर्शन गर्न र भोटो हेर्न पुगेका हजारौँ दर्शनार्थीका कारण जावलाखेल क्षेत्रमा पैदल हिँड्नसमेत समस्या भएको छ ।
जथाभाबी पार्किङका कारण समस्या भएको ट्राफिक प्रहरीले जनाएको छ ।











