खाना पकाउने ग्यास सिलिन्डर पड्किदा एक बालिकाको मृत्यु

जेठ २१ : तनहुँमा खाना पकाउने ग्यास सिलिन्डर पड्किँदा एक बालिकाको मृत्यु भएको छ । भीमाद नगरपालिका–९ च्यानडाँडा निवासी शिवनारायण क्षेत्रीको १२ वर्षीय छोरी सुभेक्षा केसी क्षेत्रीको मृत्यु भएको हो ।

सिलिन्डर ग्यासमा अचानक आगलागी भई पड्किँदा बालिकाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको हो । मृतकको शव दमौली अस्पतालमा परीक्षणका लागि पठाइएको छ ।